
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनको उद्घाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो ।
करीब २ हजार प्रतिनिधि, पर्यवेक्षक र देशभरबाट आउने ५ लाख सहभागीहरुका लागि महाधिवेशनको उद्घाट्न स्थलको तयारी गरिएको छ ।
तर बन्दसत्र गर्ने स्थलको भने टुंगो लागिनसकेको एमाले बाग्मती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारीले बताउनुभयो । एमाले महाधिवेशन आगामी मंसीर १० देखि १२ गतेसम्म हुदैछ ।
प्रतिक्रिया दिनुहोस्