१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाग्लुङ, रुकुम र रोल्पाको संगमस्थल पातीहाल्ने गुल्जार बन्दै


0
Shares

बागलुङ । बाग्लुङ, रोल्पा र रुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्रमा सडक पुगेपछि उक्त क्षेत्र गुल्जार हुदै गएको छ । केहि समय अघिसम्म गौचरणको रुपमा रहेको यस ठाउँमा गाडी पुग्न थालेपछि भीडभाड पनि बढ्न थालेको छ ।

सडक कालोपत्रे भएपछि झनै सहज भएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा पर्ने अधिकांश लोकमार्ग कालोपत्रे भइसकेका छन् । गाडि पुगेपछि गोठालाहरुको दैनिकीसमेत फेरिएको छ ।

लोकमार्गको छेउछाउमा धमाधम घरहरु बन्न थालेका छन् । ब्यापार पनि बढेको स्थानीय पसलेहरुले बताएका छन् । सो क्षेत्रमा बस्ती विस्तार हुने क्रम पनि बढेको छ । सडकले गर्दा भेडाबाख्रा बेच्नका लागि बेसी झर्न पनि नपरेको स्थानीयको भनाइ छ ।