६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुनको मूल्यमा ५ सय रुपैयाँले कमी


0
Shares

gold china

काठमाडौं । धन्तेरसको भोलिपल्टै सुनको मूल्य तोलामा ५ सय रुपैयाँले कमी आएको छ ।

हिजो ९२ हजारमा कारोबार भएको सुन आज भने प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजै चाँदीको मूल्यमा पनि २५ रुपैयाँले कमी आएको छ । हिजो १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ रहेके छ ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १७ सय ८१ डलर र चाँदी प्रतिऔंस २३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।