
काठमाडौं । महिला नेताहरुको समान प्रतिनिधित्व प्रवर्द्धन गर्न दुई दिने महिला नेतृत्व सम्मेलन हुने भएको छ ।
काठमाडौंमा हुने कार्यक्रमले विभिनन पेशामा लागेका महिलाहरुको उच्चतम क्षमता विकास र काम गर्ने स्थानमा महिललाई दुर्व्यवहारमुक्त गर्न सघाउन पुर्याउने आयोजकको विश्वास छ ।
सम्मेलनले सार्वजनिक स्थल र सञ्चारमाध्यममा एकदमै कम उठाइएका विषयवस्तुहरूको बारेमा छलफल हुनेछ ।
सम्मेलनले विभिन उद्योगका ५ सय महिला नेता, उद्यमी र प्रमुख कार्यकारी अधिकृतहरुलाई एउटै मञ्चमा ल्याउने आयोजक ब्लिङ्क भेन्चरले जनाएको छ ।
सम्मेलन २० देखि २१ नोभेम्बरसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्