१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी मेनुसहित दरबारमार्गमा खुल्यो हार्डरक क्याफे


13
Shares

काठमाडौं । दरबारमार्गमा हार्डरक क्याफे सञ्चालनमा आएको छ ।

क्याफेमा विभिन्न ख्यातिप्राप्त कलाकारहरूले प्रयोग गरेका सांगीतिक उपकरण र कपडा लगायतका सामग्री प्रदर्शनी समेत गरिएको छ ।
यस्तै हस्तशिल्पबाट बनाइने ककटेल्स र अमेरिकी मेनुका परिकार समेत क्याफेमा उपलब्ध हुने दाबी गरिएको छ ।

स्थानीय प्रतिभाहरूको सांगीतिक प्रस्तुति क्याफेको आकर्षणको रूपमा रहने क्याफेका नेपाल प्रतिनिधि सचिन तुलाधरले बताउनुभयो ।

हाल क्याफेमा अमेरिकी मेनु अनुसारका परिकार उपलब्ध हुने र विस्तारै नेपाली परिकार पनि उपलब्ध गराउने उहाँको भनाइ छ ।

बिहान साढे ११ बाट सञ्चालनमा आउने क्याफे हप्ताको २ दिन बन्द हुनेछ ।