१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मंगलबार ५० किलो सुन विक्री, १ अर्ब बढीकाे काराेबार


0
Shares

काठमाडौं । तिहारको पहिलो दिन हिजो(मंगलबार) एकै दिन एक अर्ब रुपैयाँ भन्दा बढीको सुन चाँदीको खरिद विक्री भएको छ ।

नेपाल सुन चाँदी ब्यावसायी संघका अनुसार धन्तेरसको दिन सुन तथा चाँदी खरिद गर्ने प्रचलन अनुसार उपभोक्ताको ठूलो संख्याले सुन चाँदी खरिद गर्दा ऐतिहासिक कारोबार भएको हो । एकै दिनको कारोबारले व्यवसायीहरूलाई ठूलो राहत समेत दिएको छ ।

राजधानीसहित देशका प्रमुख शहरी क्षेत्रमा सुन चाँदी खरिदविक्री भएको हो । विगतका वर्षहरूमा तिहारको अवधि भरमा एक अर्बको कारोबार हुने गरेकोमा यस पटक एकै दिन उक्त कारोबार भएको पनि महासंघले जनाएको छ ।

मंगलबार सुन ५० किलो र चाँदी ७ हजार किलो विक्री भएको महासंघले जनाएको छ । सुन प्रतितोला ९२ हजार र चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

धन्तेरसको दिन उपभोक्ताले सुन चाँदीका गरगहनादेखि मूर्ति, सिक्का र पूजा स्थलमा राखिने विभिन्न सामान खरिद गर्ने गर्दछन् ।