
काठमाडौं । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी ९ वटा इजलासमा सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दाको मात्रै पेशी तोक्नुभएकोमा सबै इजलासमा सुनुवाइ भएको हो । अन्य मुद्दाको पेशी भने बुधबार पनि तोकिएनन् ।
प्रधानन्यायाधीश राणाले आफूलाई भने कुनै पनि इजलास तोक्नुभएन । हिजो (मंलबार) भने सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण भन्दा बाहिरका मुद्दाको पनि पेशी तोकेको भन्दै इजलास बहिस्कार गरेका थिए ।
उता, प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।
प्रतिक्रिया दिनुहोस्