१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भयो– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश राणाप्रति पनि प्रहार

0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रजातन्त्र नै दलहरूको बाँडफाँडमा परेको टिप्पणी गर्नुभयो ।

दलहरूले हरेक विषयको निर्णय गर्दा आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको भन्दै उहाँले प्रजातन्त्र जनतालाई नभइ दलहरूलाई मात्रै आएको आरोप लगाउनुभयो ।

दलहरू जनता तर्साउँदै हिँडेको भन्दै श्रेष्ठले यस्ता गलत प्रवृत्तिकै कारण प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको टिप्पणी गर्नुभयो ।

एक टेलिभिजन कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उहाँलाई विवेक नभएको मान्छे भनेकोतर्फ इंगित गर्दै श्रेष्ठले आफूले गरेका निर्णयमा विवेक पुगे, पुगेनन् भन्ने विषय जनताको माझमा रहेको र त्यसको निधो जनताले नै गर्ने बताउनुभयो ।