
संखुवासभा । अर्थमन्त्री जर्नादन शर्माले नेपालको व्यापार घाटा कम गर्न किमाथांका नाका र अरुण तेस्रो जलविद्युत आयोजना सहयोगी बन्नसक्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले संखुवासभामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले संखुवासभामा रहेको स्रोत र साधनलाई परिचालन गर्न सके व्यापार घाटा कम हुने बताउनुभयो ।
किमाथांका नाकासम्म सडक पुर्याएर व्यवस्थित भन्सार बनाउन सरकारले प्राथमिकता दिएको उहाँको भनाइ छ ।
केही व्यक्तिहरूले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टीकाटिप्पणी गरिरहेको भन्दै मन्त्री शर्माले जनादेश प्राप्त सांसदहरूबाट सरकार निर्माण भएको बताउनुभयो ।
प्रतिगमनकारीहरूबाट पटक–पटक संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरूको संरक्षण भएको उहाँको जिकिर थियो ।
मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र उद्योगी व्यापारीहरूसँग पनि छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्