२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


थप ४ सय ४७ जनामा कोरोना संक्रमण, संक्रमणदर ५ प्रतिशतभन्दा तल


0
Shares

काठमाडौं । नेपालमा थप ४ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पीसीआर र एन्टिजेन गरी ९ हजार ९ सय १३ जनामा गरिएको परीक्षणमा ४ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका मध्ये काठमाडौंमा १ सय ३१ , ललितपुरमा २७ र भक्तपुरका १७ जना गरी उपत्यकामा १ सय ७५ जना छन् । उपत्यकापछि झापा, चितवन, र बागलुङ बढी संक्रमित भेटिएका छन् ।

पछिल्ला दिनमा संक्रमितको संख्यामा केही कमी आएको छ भने संक्रमण दरसमेत ५ प्रतिशतभन्दा तल झरेको छ । यस अवधिमा ४ सय ३९ जना संक्रमणमुक्त भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय २३ रहेको छ । जसका २ सय २३ आइसियू र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।