१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर छल्ने १७ कम्पनीविरुद्ध मुद्दा, २ अर्ब ३६ करोडको विगो मागदाबी


0
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली विलविजक बनाइ कारोबार गर्ने र राजश्व चुहावट गरेको आरोपमा १७ फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले विभिन्न १७ फर्म तथा कम्पनी विरुद्ध २ अर्ब ३६ करोड विगो मागदाबी, जरिवाना र हदै सम्मको कैद सजाय माग सहित मुद्दा दायर गरेको हो । यी फर्महरूले मालवस्तु खरिद नै नगरी नक्कली झुटा विजकको प्रयोग गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

विभागका अनुसार रौतहटको स्रांगिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरनेशनल, शुभलक्ष्मी इन्टरनेशनल र न्यू महादेव ईन्टरनेशनल विरुद्ध मात्र १ अर्ब ७ करोड मागदाबी सहित मुद्दा दायर गरेको हो ।

यस्तै महालक्ष्मी ट्रेड कन्सर्न विरुद्ध ७२ करोड १८ लाख मागदाबी सहित विभागले मुद्दा दायर गरेको छ ।