
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै तिहारको मुखैमा हवाई टिकट महंगिएको छ ।
वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति निकालेर बढेको इन्धन सरचार्जसहित एक सय बढी रुटमा हवाई टिकटको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई टिकटको मूल्य ४५ रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म महंगिएको छ ।
नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको छ ।
यसअघि काठमाडौंदेखि धनगढीसम्मको लागि ३ हजार ८ सय हवाई इन्धनमा खर्च हुनेमा अहिले यो बढेर ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्