
काठमाडौं । एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा २० प्रतिशतदेखि ३ सय रुपैयाँसम्मको क्यासब्याक पाइने भएको छ ।
बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स्बाट मिठाइ खरिदको भुक्तानीमा क्यासब्याक पाइने आईएमई ग्रुपले जनाएको छ ।
उक्त स्टोरहरूमा आईएमइ पे, प्रभु पे, क्यू पे र ग्लोबल स्मार्ट मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुने कम्पनीले जनाएको छ ।
तिहारको अवसरमा ल्याइएको यो अफर २ देखि ११ नोभेम्बरसम्म लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्