
काठमाडौं । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसीको परिवारले वार्षिक १५ लाखका दरले १० सहयोग गर्ने भएको छ ।
पोखरामा बुधबार एक कार्यक्रमका बीच स्वर्गीय सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौतामा हस्ताक्षर भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन हुने भएको छ ।
क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सहयोग र दाताको भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन् ।
हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । यस्तै सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले जनाएको छ ।
फुटबल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।
प्रतिक्रिया दिनुहोस्