१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारततर्फ विद्युत् निर्यात, चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने


0
Shares

काठमाडौं । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट भारततर्फ विद्युत निर्यात थालिएको छ ।

भारतले नेपालबाट बिजुली किन्न थालेसँगै मंगलबार रातिदेखि यस प्रसारण लाइनबाट बिजुली भारत पठाउन थालिएको जनाइएको हो । भारतले सोमबार मात्र नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति दिएको थियो ।

अहिले भारतले आफ्नो अनुदानमा सञ्चालित आयोजनाका बिजु्ली मात्र किनेको छ । भारतले गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा बनाएको कार्यविधि अनुसार उसले नेपालमा चिनियाँ लगानीका आयोजनाको बिजुली नकिन्ने देखिएको छ ।

तर, नेपालीले लगानी गरेका आयोजनाबाट भने बिजुली बेच्न कार्यविधिमा कुनै सर्त नराखिएकाले नेपाली लगानीको बिजुली बेच्नका लागि प्राधिकरणले प्रक्रिया थालेको जनाइएको छ ।