१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मानव अधिकार आयोगले भन्यो- ‘विभेदको सबैभन्दा बढी मारमा दलित महिला’


26
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विभेदको सबैभन्दा बढी मार दलित महिला खेपिरहेको बताउनुभएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी ३ दिने तालिमको समापन गदै अध्यक्ष मगरले दलित महिलाको सशक्तिकरणका लागि राज्यले अझ बढी बजेट र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

संविधानले सुनिश्चित गरेका हक, अधिकार कार्यान्वयनका लागि राज्यसहित सबै क्षेत्रको संयुक्त प्रयास अत्यावश्यक रहेको उहाँको भनाइ थियो ।

सांसद अञ्जना विशंखे, अधिवक्ता समीक्षा बाँस्कोटा र अभियन्ता सुनिता मरिक डोम लगायतले महिला भित्र पनि विविधताको प्रवर्द्धन गर्नुपर्ने बताए ।
आयोगका अध्यक्ष मगरले तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो ।