३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


बेलायत भ्रमणबाट फर्कंदा फर्कंदै प्रधानमन्त्री देउवाले भने – सत्ता गठबन्धनमा कुनै समस्या छैन

एमसीसी पारित गर्ने बचन दिएको भनाइ

0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री शेरवहादुर देउवा स्वदेश फर्कनु भएको छ ।

आज विहान स्वदेश फर्कनु भएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सत्ता गठबन्धनको बचाउ गर्नुभयो ।

सत्ता गठबन्धनमा कुनै समस्या नरहेको भन्दै उहाँले गठबन्धन चुनावसम्मै जाने बताउनुभयो । जलवायु सम्मेलनको विषय भन्दा बाहेक अन्य प्रश्न नगर्न भनेका प्रधानमन्त्री देउवाले सर्वोच्च अदालताम भईरहेको लफडाको विषयमा बोल्न चाहुन भएन ।

तर एमसीसी सम्झौता आवश्यक प्रक्रिया पूरा गरेर संसदबाट अनुमोदन गर्ने बताउन भने उहाँ चुक्नु भएन ।

स्कटल्याण्डमा एमसीसीका डेपुटी सीइओ अलेक्सिया लातोर्तुसंग भेटवार्ता गरेका प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरेर सम्झौता अनुमोदन गर्ने बचन दिएको जानकारी दिनुभयो ।

जलवायु सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विभिन्न देशका नेताहरुसंग भेटघाट भएको भन्दै उहाँले नेपालप्रति सवैको सद्भाव रहेको बताउनुभयो ।

टोपी लगाएकाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई टाढैबाट चिनेको समेत प्रधानमन्त्री देउवाले बताउनुभयो । बेलायतको स्कटल्याण्डमा आयोजित जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा यसै साता बेलायत जानु भएको थियो ।