१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादीलाई हराउन देशी विदेशी शक्ति लागि परेका छन्– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी शक्ति आफ्नो पार्टीलाई हराउन लागिपरेको आरोप लगाउनुभएको छ ।

मुक्ति मोर्चाले ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले विभिन्न बहानामा माओवादीलाई पाखा लगाउन ठूलो शक्ति लागिपरेको दाबी गर्नुभएको हो ।

प्रतिक्रियावादीहरू माओवादीप्रति लक्षित भएको टिप्पणी गर्दै उहाँले देशी विदेशी शक्तिको प्रहारलाई जितेर माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी बनाउने संकल्प पार्टीले लिएको बताउनुभयो ।

अध्यक्ष दाहालले समाजवादी क्रान्तिको रणनीति लागू गर्न आफू लागिपरेका पनि बताउनुभयो ।

उहाँले पछिल्लो समय पहिचान र अधिकारका मुद्दा शिथिल हुन थालेको स्वीकार्दै माओवादीले पनि त्यस्ता मुद्दा छोड्न र अरु पार्टीजस्तै हुन थालेको हो कि भन्ने आशंका बढेको बताउनुभयो ।