
काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको छ ।
अघिल्लो सरकारले प्रदेशको नामाकरणमा कुनै पहल नगरेको आरोप लगाउँदै मुख्यमन्त्री राईले प्रदेशको नाम टुंग्याउन दुई तिहाइ मत आवश्यक भएकाले एमालेका सांसदहरूसँग छलफल गरेर सहयोगको आग्रह गर्ने बताउनुभयो ।
‘नामाकरणका लागि दुई तिहाइ मतको जरुरत पर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि प्रतिपक्षमा रहेको नेकपा एमालेको पनि साथ र सहयोग जरुरी छ, उनीहरूसँग पनि सौहाद्रपूर्ण ढंगले छलफल गरेर यसलाई टुंगो लगाउने दिशामा अघि बढ्छु ।’
अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्रोत खोजेर ठूलो बनाउने उहाँको भनाइ छ ।
मुख्यमन्त्री राईले खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरू नै भ्रष्टाचारमा संलग्न भएको आरोपसमेत लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्