
काठमाडौं । सुनको मूल्य आज (बिहीबार) ५ सय रुपैयाँले घटेको छ ।
हिजो ९१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा आज ५ सयले कमी आएर ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
धन्तेरस लागेसँगै बजारमा सुनको कारोबार बढेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्यो । बजारमा यतिबेला चाँदी १२ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७३ र चाँदी प्रतिऔंस २३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्