२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


न्यायापालिकामा देखिएको समस्याको समाधान सरकारले गर्नुपर्छ : नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाभित्र देखिएको समस्या सरकारले समाधान गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले न्यायालयमा भएको बेथितिलाई गठबन्धन सरकारले हटाउनुपर्ने बताउनुभयो ।

न्यायालयको चरम विवादमा आइसक्दासमेत दलहरू चुप लागेर बसेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले राजनीतिक दलहरू अब चुप लागेर बस्न नमिल्ने तर्क गर्नुभयो ।

नेता सिंहले कांग्रेसको कलहका कारण कम्युनिष्टहरूलाई फाइदा भएको बताउनुभयो । आफूले पार्टी सभापतिमा दाबी गर्दा दुष्प्रचार गरिएको भन्दै उहाँले धाँधलीरहित प्रतिस्पर्धामा उत्रन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभयो ।

नेता सिंहले नेतृत्वले काम गर्न नसक्दा पार्टीमा बेथिति बढेको भन्दै सभापति देउवाले बहुमतको आडमा मनलाग्दी गरेको आरोप लगाउनुभयो । व्यक्तिको नभइ सिद्धान्तको पछि लाग्न नेता–कार्यकर्तालाई उहाँको आग्रह थियो ।