६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बेलायतमा कोरोनाविरुद्धको खाने औषधि प्रयोगको अनुमति


0
Shares

एजेन्सी । बेलायतले कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति दिएको छ ।

मेरिकी औषधि कम्पनी मर्क एण्ड रिजब्याक बायोथेरापेटिक्सले संयुक्त प्रयासले विकास गरेको खाने औषधिको प्रयोगको अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ ।

बेलायतको मेडिसिन एण्ड हेल्थकेयर उत्पादनको नियमक प्राधिकरणले मोलनूपिरावीर नामक औषधिको क्लिनिकल तथ्याङ्कको आधारमा मान्यता दिएको हो । यो औषधि कोभिड संक्रमण देखिएको वा संक्रमित भएको पाँचदिनभित्र खानुपर्नेछ ।

मोलनूपिरावीर कोरोनाभाइरस विरुद्धको विश्वको पहिलो खाने औषधि हो । अमेरिमा भने औषधि प्रयोगको अझै पनि अनुमति दिइएको छैन । त्यहाँ नोभेम्बर महिनाभित्र प्रयोगको अनुमतिको सन्दर्भमा निर्णय हुने बीबीसीले जनाएको छ ।

विश्वभर कोरोनाबाट अहिलेसम्म ५२ लाख मानिसले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म बिरामीको रोकथामको लागि खोपको प्रयोग गरिँदै आइएको छ । यद्यपि खोपको प्रभावकारितामाथि पनि प्रश्न उठ्ने गरेको छ ।