
काठमाडौं । अनामनगरको कार्की भवनमा आगलागी हुँदा ३५ लाख रुपैयाँको क्षति भएको छ ।
लक्ष्मीपूजाका लागि बत्ती बाल्ने क्रममा बिजुली सर्ट भएर आगो लाग्दा ३५ लाख रुपैयाँको क्षति भएको घरधनी रञ्जु कार्कीले जानकारी दिनुभयो ।
साँझ सात बजे लागेको आगो अबेर राति मात्र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।
भवनमा कार्यालयहरू मात्र रहेको र तिहार बिदाका कारण सबै बाहिर रहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्