
web pic
काठमाडौं । जाजरकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
राति ११ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला स्थित बाबिया टाकुरामा दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
दश जना सवारी गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् ।
राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्