
काठमाडौं । ‘ए’ डिभिजनका चार क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेका छन् ।
मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपिएफ फुटबल क्लबले सो लाइसेन्स प्राप्त गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को फस्ट इन्सट्यान्ट बडीले चार क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो ।
एएफसी क्लब लाइसेन्सको मूल प्रक्रियाको समय सीमापछि एएफसीलाई यो निर्णय पठाइएको एन्फाले जनाएको छ ।
क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पानेछन् ।
प्रतिक्रिया दिनुहोस्