१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दिपावली, गरे लक्ष्मीपूजा


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दिपावली मनाएका छन् ।

पत्नी जिल बाइडेनसँग ह्वाइट हाउसमा बल्दै गरेको दियोको तस्वीर उनले सार्वजनिक गदै दिपावली मनाएका छन् । उनले लक्ष्मीपूजासमेत गरेपछि दियो बालेका हुन् ।

तस्वीरको साथमा उनले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिएका छन् ।

‘दिपावलीको ज्योतिले हामीलाई अन्धकारबाट ज्ञानको सच्चाइ, विभाजनबाट एकता, निराशाबाट आशाको याद दिन्छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अमेरिकासहित विश्वभरका हिन्दु, बौद्ध, सिख र जैनलाई दिपावलीको शुभकामना ।’

उपराष्ट्रपति कमला ह्यारिसले पनि एक भिडियो जारी गर्दै शुभकामना दिएकी छन् । विश्वभर उज्यालोको पर्व मनाइरहँदा उनल आफूलाई पूरानो समयको याद आउने बताएकी छन् । कोरोनाका कारण आफन्त गुमाउनेहरुप्रति उनले समवेदना प्रकट पनि गरेकी छन् ।

बेलायती प्रधामन्त्री बोरिस जोनसनले पनि दिपावली मनाउँदै शुभकामना दिएका छन् ।