
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको थिमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वा शालिकमा माल्यार्पण गर्नुभएको छ ।
नेपाल संवत् ११४२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवत् सम्बन्धी मोबाइल एप्लिकेसनको शुरुवात पनि गर्नुभयो ।
कार्यक्रममा ईमेज ग्रूप अफ कम्पनिज एवं शंखधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शंखधर प्रतिष्ठानलाई शंखर साख्वाको २ किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो । यो प्रतिमा शंखधर चोकमा रहेको संग्रहालयमा राखिने छ ।
यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शंखधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका पूव मेयर मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्