
एजेन्सी । भारतको राजधानी नयाँदिल्ली आज संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ ।
हिजो राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको बीबीसीले जनाएको छ ।
आज बिहानदेखि दिल्लीको आकाश तुवाँलोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई)४५१ पुगेको छ ।
सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार आज दिउँसो दिल्लीको एयर क्वालिटी इन्डेक्स ३९२ पुगेको छ । एक्वुआई ५० हुनु राम्रो मानिन्छ । ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ ।
एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।
प्रतिक्रिया दिनुहोस्