
काठमाडौं । तिहारका बेला उल्लेख्य खपत हुने भाईमसला यो बर्ष झनै महंगिएको छ । गत बर्षको तुलनामा यो बर्ष भाईमसला २० प्रतिशतसम्म महंगिएको खुद्रा व्यापार संघकै तथ्यांक छ ।
जुन बेला जुन वस्तुको खपत र माग उच्च हुन्छ त्यसै बेला व्यापारीहरुले मूल्य बढाएर उपभोक्तालाई मारमा पार्ने गरेको पाइन्छ । संघको तथ्याकं अनुसार गत वर्ष काजु १४ सय प्रतिकेजीमा विक्रि भएकोमा यस वर्ष प्रतिकेजी १४ सय ५० देखि १५ सयसम्म पुगेको छ ।
यस्तै पिस्ता १६ सय ५० बाट किलोमै १ सय ५० ले वृद्धि भई १८ सय पुगेको छ भने किसमिस प्रतिकेजी ४ सय ५० बाट १ सयले बढेर ५ सय ५० पुगेको छ । यस्तै गत वर्ष नरिवल किलोको ४ सय ५० रहेकोमा यो वर्ष ५ सयसम्म पुगेको छ ।
चाडबाडको बेला सिजनल व्यापार बढी हुने र यस्तो बेला ठूला व्यापारीले मौका छोप्ने गरेको खुद्रा व्यापारीको आरोप छ । यसका लागि प्रभावकारी अनुगमन हुनुपर्ने बताउनुहुन्छ संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्य ।
तिहारमा बढी खपत हुने मिठाई, फूल मालाका मूल्य समेत आकासिएका छन् । बजारमा मूल्यवृद्धि, गुणस्तर लगायत कायम राख्न अनुगमन गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नै यति नै बेला कार्यकारी विहिन बनेको छ ।
प्रतिक्रिया दिनुहोस्