८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त


0
Shares

एजेन्सी । बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त भएका छन । कतारी क्लव अल सादको प्रशिक्षक रहेका जाभीलाई क्लवले बार्सिलोना फर्कन अनुमती दिएपछि उनी घर फर्किने भएका हुन ।

रोनाल्ड कोमनलाई प्रशिक्षकबाट बर्खास्त गरेपनि बार्सिलोनाले जाभीलाई नयाँ जिम्मेवारी योजना बनाएको थियो । जसमा बार्सिलोनाबाट क्लवका तीन जना पदाधिकारी कतार पुगेर उनी प्रशिक्षक रहेको क्लव अल सादसँग कुरा गरेपछि उनलाई बार्सिलोना फर्काउन राजी भएको हो ।

१४ महिना बार्सिलोनाको प्रशिक्षक रहेका रोनाल्डलाई यो सिजनमा टिमको खराव प्रदर्शनका कारण बर्खास्त गरेको थियो । रायो भालेकानोसँग एक शुन्यले पराजित भएपछि उनलाई हटाइएको हो । त्यसपछि बार्सिलोनाले लेजेन्ड्री खेलाडी जाभीलाई नयाँ जिम्मेवारी दिने भएको हो ।

यो विचमा कतारी क्लवले बार्सिलोनाले आफुहरुसँग कुनै कुरा नगरी सल्लाह नगरेको भन्दै रुष्ट भएको थियो । अल सादले विज्ञेप्ती निकाल्दै जाभीलाई बार्सिलोना फर्किन स्विकृती दिएको बताएको छ ।

साथै उसले क्लवलाई पुर्याएको योगदानको कदर गर्ने र भविष्यका लागि शुभ कामना पनि दिएको छ । सन् २०१५ मा बार्सिलोनाबाट उनी कतारी क्लवमा अनुबन्ध भएका थिए । त्यसपछि सन् २०१९ उनलाई क्लवले प्रशिक्षकको जिम्मेवारी दिएको थियो । ४१ बर्षे जाभीले बार्सिलोनाबाट सात सय ६७ खेल खेल्दा ८५ गोल गरेका थिए ।