
रौतहट । नेकपा एमालेका नेता प्रभु साहले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ ।
दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरे देशमा द्वन्द्व उत्पन्न हुने जिकिर गर्नुभयो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेत साहले यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताउनुभयो । ‘
प्रतिक्रिया दिनुहोस्