१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँचथर लेखगाँउमा पहिरोको कारण सडक अवरुद्ध हुँदा भोकमरी शुरु


0
Shares

पाँचथर । दीपावली लगायतका विभिन्न चाडपर्व मनाईरहँदा पाँचथरको मिक्लाजुङ –७ मा रहेको लेखगाँउमा पहिरोको कारण सडक अवरुद्ध हुदाँ भोकमरी शुरु भएको छ ।

खाद्यान्न अभाब भए पछि लेखगाउँका पहिरो पिडित सहित स्थानियहरु बिचल्लीमा परेका छन् । कार्तिक पहिलो साता गएको पहिरोले लेखगाउँ पुग्ने सम्पूर्ण सडक अवरुद्ध हुँदा लेखगाउँमा खाद्यान्न अभाव भएको हो ।

रबि राँके सडकको रबि लेखगाउँ खण्ड र लेखगाउँ भेडेटार खण्ड अवरुद्ध छ । झापाको दमक देखि मिक्लाजुङको कन्याटार सम्म सवारी पुगे पनि त्यहाँबाट खाद्यान्न ढुवानी गर्न अप्ठायारो रहेको स्थानियको भनाई छ ।

मिक्लाजुङ ७ लेखगाउँमा करीब १२५ घरघुरीको बसोबास रहेको छ । गाउँको खोलाखर्कमा पहिराले ६ घर बगाएको थियो भने २ जनाको समेत मृत्यु भएको थियो । लेखगाउँमा पहिरो बग्न थालेपछि जोगिन भाग्दा शरिरमा एकसरोमात्र लुगा लगाएका पीडितहरु स्थानीय आफन्तकामा बस्दैआइरहेका छन् ।