
काठमाडौं । मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइएको छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।
दिदिबिहनीले आफना दाजु–भाईको श्रीवृद्धिसहितको कामना गरेर पर्व मनाउने परम्परा रहेको छ । भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् ।
अविवाहित दिदीबहिनी र दाजुभाइको भने स्वनिवासमै यो पर्व मनाउने परम्परा रहेको छ । दाजुभाइको गोडा तातोपानीले धुइ अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने गरिन्छ । छठ पर्वको समेत औपचारिक सुरुवात यसै दिन देखि गरिन्छ । व्रतालुहरु आज देखि चोखो भएर बस्ने चलन गरि आएको छ ।
प्रतिक्रिया दिनुहोस्