
एजेन्सी । भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित सिभिल अस्पतालको आइसियू कक्षमा आगलागीहुँदा कम्तीमा १० जनाको ज्यान गएको छ। समाचार संस्था एएनआईले स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोसलेलाई उद्धृत गर्दै खबर पुष्टि गरेको छ ।
तर अल इन्डिया रेडियोका अनुसार घटनामा ११ जनाको ज्यान गएको छ । आइसियूमा आगलागी हुनुको कारण भने खुलेको छैन । घटनाहुँदा अस्पतालको आइसियू वार्डमा २५ जना बिरामी थिए ।
मुख्यमंत्री उद्धव ठाकरेले शोक व्यक्त गर्दै घटनाको गहन जाँच गरेर लापरबाहीमा जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्न निर्देशन दिनु भएको छ । अस्पताल प्रशासनले विद्युत शर्टहुँदा आगलागी भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्