७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भदौ मसान्तसम्ममा एक खर्ब ८७ अर्ब बढी सहुुलियपूर्ण कर्जा प्रवाह


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ मसान्तसम्ममा १ खर्ब ८७ अर्ब बढी सुहलियपूर्ण कर्जा प्रवाह भएकोे जनाएको छ । राष्ट्र बैंकले २०७८ भदौ मसान्तसम्ममा १ लाख २० हजार ७ सय १५ ऋणीलाई प्रवाह भएको १ खर्ब ८७ अर्ब १६ करोड कर्जा बक्यौता रहेको जनाएको हो ।

यसमध्ये सबैभन्दा बढी कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा प्रवाह भएको छ । यस कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणीले १ खर्ब २१ अर्ब ६ करोड प्राप्त गरेका छन् । यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमीले ६२ अर्ब ३७ करोड ऋण प्राप्त गरेका छन् ।

यसैबीच, राष्ट्र बैंकले असोज मसान्तसम्म २१ बैंक तथा वित्तीय संस्था मार्फत थप ५५ ऋणीलाई ६ अर्ब ८० करोडको पुनरकर्जा स्वीकृत गरेको पनि जनाइएको छ । यसमध्ये साधारण पुनरकर्जा ४ अर्ब ९३ करोड र विशेष पुनरकर्जा १ अर्ब ८६ करोड रहेको जनाइएको छ । यसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि ३ अर्ब ४६ करोड कर्जा स्वीकृत भएको पनि राष्ट्र बैंकले जनाएको छ ।