१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्ताङको जिल्ला अस्पताल एक हप्तादेखि चिकित्सक विहिन


0
Shares

काठमाडौं । मुस्ताङको जोमसोममा रहेको जिल्लाको एक मात्र १५ शैयाको अस्पताल पछिल्लो एक हप्तादेखि चिकित्सक विहिन बनेपछि बिरामीको उपचारमा समस्या परेको छ ।

अहिले जिल्ला अस्पतालले स्वास्थ्य चौकीबाट अहेब ल्याएर आफ्नो सेवा सञ्चालन गरिरहेको छ । करारका दुई जना डाक्टरको करार अवधि सकिएपछि अस्पताल खाली जस्तै भएको छ ।

निमित्त मेडिकल सुपरिटेन्डेन मनोज घिमिरे कार्तिकको शुरुमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा खटिएको र कार्तिक १६ गते करारमा रहेका दुई जना डाक्टरहरु पनि हिँडेसँगै जोमसोम अस्पताल चिकित्सकविहीन बनेको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिवसँग चिकित्सकको व्यवस्था गर्न आग्रह गरेको जानकारी दिनुभयो ।