१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थपिए एक सय ३९ संक्रमित, तीन सय ९६ निको


0
Shares

काठमाडौं । शनिबार देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९ सय ३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ सय २८ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभर ८ हजार १ सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्ला २४ घण्टामा थप ३ सय ९६ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९४ हजार ८ सय ३४ जना सङ्क्रमित निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७.६ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४३९ रहेको छ ।