२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दक्षिण कोरियाले झण्डै २ बर्षदेखि बन्द ईपीएस मंसिरदेखि खोल्दै


13
Shares

काठमाडौं । कोरोना महामारीका कारण झण्डै २ बर्ष देखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिर देखि खुल्ने भएको छ । कामदार लान बन्द गरेको दक्षिण कोरियाले आगामी महिना नोभेम्बर अर्थात् मंसिर दोस्रो साता देखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।

कोरियाको श्रम मन्त्रालयले उक्त जानकारी दिएको हो । मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गरिने भएको हो ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसंगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । नेपालबाट मात्र हरेक वर्ष ५ हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका थिए ।