१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलन घोषणा गर्ने बारको तयारी

आज र भोलि आन्तरिक छलफल हुने

0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलनका थप कार्यक्रमबारे नेपाल बार एसोसियसनले आजदेखि आन्तरिक छलफल गर्दैछ ।

आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने भएको हो । छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

बारले यसयघि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत र बार परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेको थियो ।

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बार एसोसियसनले यसअघि नै घोषणा गरिसकेको छ । प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

उहाँले सर्वोच्चकै न्यायाधीशहरुको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावसमेत अस्वीकार गरिसक्नुभएको छ । राणाले बैशाखपछि राजीनामा दिने आशय व्यक्त गर्दै आउनुभएको छ ।