७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सल्यानमा दुर्घटना हुँदा सात जनाको मृत्यु, घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुँदै


0
Shares

काठमाडौं । सल्यानको कपुरकोटको खारखोला नजिकै दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस आज बिहान ११ बजे दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको हो । घाइतेहरुको उद्धार गरेर अस्पताल लैजाँदै गरेको अवस्थामा बाँकी दुई जनाको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइतेहरु पनि बढी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको उद्धार जारी रहेको छ । बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।