८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


न्युजिल्याण्डमा इच्छा मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागु


0
Shares

एजेन्सी । न्युजिल्याण्डमा ‘इच्छा अनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । योसँगै न्युजिल्याण्ड इच्छा–मृत्युलाई कानुनी मान्यता दिने मुलुकको सूचीमा समावेश भएको छ ।

यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानाडा, अस्ट्रेलिया र कोलम्ब्यिाले इच्छा मृत्युलाई कानुनी मान्यता दिइसकेका छन् । तर यी देशमा स्वेच्छाले मर्न चाहनेका लागि फरक फरक नियम र सर्त बनाइएको छ ।

न्युजिल्यान्डमा इच्छा मृत्युका लागि गम्भीर रोगका कारण चिकित्सकले ६ महिना भन्दा बढी बाँच्न नसक्ने भनि प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ ।

न्युजिल्याण्डमा हालै इच्छा मृत्युका विषयमा भएको जनमत संग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएको थियो । इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा न्युजिल्याण्डमा लामो समयदेखि बहस भइरहेको थियो ।