६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण


0
Shares

एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् ।

उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप अत्यधिक बढेको बताइएको छ ।

सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुई सातामा यहाँ ७९ जनामा यो भाइरस देखिएको प्रमाणित गरेका छन् । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले जिका भाइरसको संक्रमण राजधानीमा ह्वात्तै बढेको यसको निराकरणका लागि सरकारले निकै सतर्कता अपनाएको जानकारी दिनुभयो ।