२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारत टी-२० विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा


0
Shares

एजेन्सी । न्युजिल्यान्ड आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

आबुधाबीको शेख जायद स्टेडियमा भएको खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८ दशमलब १ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४२ बलमा ३ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । डेभन कन्वे ३२ बलमा ४ चौका सहित ३६ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि कन्वे र विलियम्सनले ६८ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए । न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।