
फाइल तस्बिर
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको जनाइएको छ ।
मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र आएको प्रदेश सभा सचिवालयले जनाएको छ । पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमाले विभाजित भएसँगै अल्पमतमा पर्नुभएकी शाक्यले कात्तिक १० गते राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्