१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वेष्ट ह्यामद्वारा लिभरपुल पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट याम युनाइटेडले लिभरपुललाई ३–२ ले हराएको छ । गएराति वेष्ट ह्यामको मैदानमा भएको खेलमा लिभरपुलका गोलक्षक एलिसनले चाैंथो मिनेटमै आत्माघाति गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो ।

यसपछि टोलीका लागि डिएगो फोर्नाल्स र कर्ट जुमाले एक एक गोल गरे । पराजित टोली लिभरपुलका अलेक्जेण्डर आर्नोल्ड र डिभोक ओरिगीले एक एक गोल गरे । जितसँगे वेष्ट ह्याम युनाइटेडले प्रिमियर लिगको उपाधि दावेदारमा आफुलाई पनि उभ्याएको छ ।

डेभिड मोयजको टोली वेष्ट ह्यामले ११ खेलबाट २३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग अंक बराबरी गरेको छ । शिर्ष स्थानको चेल्सीको २६ अंक छ भने २२ अंकको साथ लिभरपुल चौथो स्थानमा झरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति आर्सनलले वाट्फोर्डलाई १–० ले हराउँदा एभर्टन र टोटनह्याम हट्सपरले गोलरहित तथा लिड्स युनाइटेड र लेष्टर सिटीले एक एक गोलको बराबरी खेलेका छन् ।