२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


२० महिनापछि खुल्दै अमेरिका : आज रातीदेखि कोराेना खोप लगाएकालाई प्रवेश अनुमति दिइने


0
Shares

एजेन्सी । अमेरिकाले कोरोना महामारी फैलिएपछि बन्द गरेको प्रतिबन्ध हटाउँदै आजरातीदेखि डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ ।

अमेरिकाले २० महिनादेखि लगाएको प्रवेश प्रतिबन्धबाट बेलायतसहित युरोपेली युनियन सम्वद्ध ३० देशका नागरिक प्रभावित हुदै आएका थिए । उनीहरुलाई अमेरिकामा रहेका परिवारका सदस्य भेट्न जाने अनुमति पनि दिइएको थिएन ।

अमेरिकी प्रतिबन्ध हट्ने खबरसंगै एअरलाइन्सहरुमा टिकट बुकिङको बाढी लाग्न थालेको ट्राभल एजेञ्सीहरुले बताएका छन् । कोरोना भाइरस फैलिएपछि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुरुमा चीनबाट जाने आगन्तुकलाई प्रतिबन्ध गरेको थियो भने विस्तारै त्यसको दायरा बढाएर युरोपेली युनियन, बेलायत, भारत, दक्षिण अफ्रिका, इरान, ब्रजिललगायतका मुलुकसम्म पु¥याईएको थियो ।

नयाँ नियम अनुसार अब अमेरिका जान चाहनेहरुले डबल डोज खोप लगाएको प्रमाण, तीन दिन भित्रको कोरोना नेगेटिभ रिपोर्ट र अमेरिका पुगेपछिको सम्पर्क नम्बर उपलब्ध गराउनु पर्ने छ । तर पर्यटकहरुले अमेरिका पुगेर क्वारेन्टिनमा बस्नु पर्नेछैन । यसैगरी क्यानडा र मेक्सिकोसंगको सिमाना पनि खुला गरिने भएको छ ।