
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने हुनु भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ ।
मुख्यमन्त्री पाण्डेले संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने सक्ने सम्भावना रहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थन रहेको छ ।
मुख्यमन्त्री पाण्डेलाई बहुमतका लागि कम्तीमा ५५ जना सांसद्को साथ आवश्यक छ । आज विश्वाशको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको तयारी छ । बागमती प्रदेशमा आवद्ध अन्य साना दलका ८ जना सांसद् छन् । प्रदेशसभामा विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २/२ र जसपाको एक जना सांसद् रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्