१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तिहारमा लाखाैं रुपैयाँसहित २ सय ५८ जना जुवाडे पक्राउ


0
Shares

काठमाडौं । तिहारको अवधिमा प्रहरीले लाखाैं रुपैयाँसहित २ सय ५८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कात्तिक १६ गतेदेखि २१ गतेको अवधिमा देशका विभिन्न स्थानमा जुवा, तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट ७१ लाख ६२ हजार ६ सय ४० रुपैयाँ बरामद गरेको पनि प्रहरीले जनाएको छ । काठमाडौंबाट शनिबार १६ जना, शुक्रबार ५ जना, बिहीबार १८ जना र मंगलबार ६ जना गरी ४५ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

काठमाडौ बाहिर २ सय १३ जना पक्राउ परेका थिए । जुवातासमा पक्राउ परेकामाथि तास जुवा ऐनअन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।