
file : photo
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनबाट प्रदर्शन सुरु गरेका छन् ।
उनीहरु सर्वोच्च अदालत प्रांगणमा धर्ना दिन पुगेका छन् । यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ ।
आइतबार देशभरका बार इकाइँसग छलफल गरिएको थियो । सो छलफलपछि आन्दोलनमा सहभागी हुुन सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्