
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिने अडान लिनुभएको छ । आन्दोलनमा रहेका न्यायाधीशहरुले आफ्नो प्रस्ताव अस्वीकार गरेसँगै उहाँले वैधानिक बाटो रोज्ने रणनीति लिनुभएको हो ।
जसअनुसार संसदले दिने निर्णय उहाँको अन्तिम विकल्प हो । जबराले हिजो आफूसहित ६ वटा पेशी तोक्नुभएको थियो । जसमध्ये न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार चुडाल, कुमार रेग्मीले आ–आफ्नो इजलाशमा बन्द्र प्रत्यक्षीकरणको मुद्धामा सुनुवाइ गर्नुभएको छ ।
चारवटा इजलास बसेसँगै न्यायाधीशहरु विभाजित भएका छन् । पेशी तोकिएका अन्य न्यायाधीश भने इजलास बहिस्कार गरेर आन्तरिक छलफलमा जुटेका थिए ।
प्रधानन्यायाधीश जबराको काम कारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीशले केही सातादेखि इजलासमा उपस्थित भएका छैनन् । बन्दी प्रत्यक्षीकरणका निवेदनसमेत प्रभावित भएपछि न्यायाधीशहरूले ती मुद्दाको सुनुवाइका लागि जबरासमक्ष बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पेशी तोक्न र प्रधानन्यायाधीश जबरा आफू इजलासमा बस्न नहुने सर्त राखेका थिए ।
यसैबीच न्यायाधीशहरुको आन्दोलनका कारण सर्वत्र दवावमा परेका प्रधानन्यायाधीश जबराले आजदेखि नियमित पेशी तोक्ने तयारी गर्नुभएको छ । उहाँले आम नागरिकको न्याय पाउने अधिकार कुण्ठित हुने भन्दै नियमित पेशी तोक्ने तयारी गरेको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्